गजल
Last Updated on
जब आगोले आफैले पोलेको घाउ चिनेन
ताते गर्दै गाउ दुलाको छोराले बाउ चिनेन
बा ले मम्मी ल्याएपछि हजुर्मा भुल्नुभएछ
त्यसै गर्यो छोराले आफ्नो माउ चिनेन
हिजो एउटै बिस्तारा हालेर सुतेको साथी
सहर छिरेको वर्ष दिनमै गाउ चिनेन
नपाउन्जेल पाउमै विन्ती बिसाउथ्यो उ
ऋणीले पनि ऋण पाएपछि साउ चिनेन
किसान किसान बाट जग्गा व्यापारी भएछ
र त कुन बँझर कुन उब्जाउ चिनेन