३.९ (लघु कथा)
Last Updated on
लघुकथा
३.९
भर्खर भर्खर Bachelor सकेर जागिर खाना भनेर यसो दुई चार Office मा Document बुझाएको थिए | त्यसको भोलिपल्ट फोन आयो एउटा अफिसबाट | हतार हतार गर्दै प्रफुल्ल भएर पुगे | हाकिमले भन्यो -“तपाईको Document देखेर खुशी लाग्यो, IT को विधार्थी त्यसमा पनि ३.९ आएको रहेछे |” मेरो पनि खुशीको सिमानै रहेन |
कुराकानीको क्रम अघि बढ्दै जादा एउटा प्रश्नले मलाई पूर्णविराम लगाइदियो . “Databas, Web Programming, Java, C, C++, php कुनै न कुनै मा त राम्रो दख्खल होला नि हैन ”, हाकिम ले प्रश्न सोध्यो | मुख खुम्च्याउदै अ भने | उसले मेरो तात्पर्य बुझ्नलाई एकपल पनि ढिला नगरि “Sorry” भन्यो | अनुहार मलिन बनाए निस्किनु सिवाय उपाय थिएन |
एउटा Café मा बसेर चियाको चुस्की लिदै मनमनै सोचे, म पनि कम्तिको धुरन्धार थिए र बुझ्न तिर कहिल्यै लागिन केहि सिप नलागे Java, C, C++, Php को code नै रटेर परिक्षा दिन्थे अनि कहाँबाट होस् त्यहि विषयमा दख्खल, मुसुक्क हाँसे |
एक्कासी खाटबाट लडे | बिहान को पारिल घामको किरण भित्ताका चर चिरेर कोठाभित्र पसिसकेको थियो | मनमनै कस्तो सपना देखेछु भन्दै बाहिर निस्किएं | असारको महिना रोपाईको धमाधम थियो | हतार हतार गर्दै त्यहि थोत्रो टिनको बकास खोलेर धमिराले गुड बनाएको ३.९ आएको प्रमाणपत्र यसो हेरे अनि हलो बोकेर खेत तिर लागे |