लघु कथा
Last Updated on
पहिलो प्रेमी
सम्बन्ध यती बाक्लिदै थियो लाग्थ्यो कुनै एक पल पनि टाढिएर बस्न सक्दैनौ। दिन हरु यहि रफ्तार मा बढिरहेको थियो । उनी भन्थिन तिमी प्रती यती धेरै विस्वास छ ,सब थोक भुलेर तिमी प्रती नै निर्भर हुन्छु ।मेरो हात अनि यो साथ कहिल्यै नछोड ल ।मेरो जिन्दगीको पहिलो प्रेम नै तिमी हौ अनि मलाई तिमी बाहेक अरुको बिस्वास पनि लाग्दैन ।म सधै सधै तिम्रो अंगालो रहन चाहन्छु अनि यी अदरहरुमा केवल तिम्रो ओठको स्पर्श चाहन्छु । अचानक एक दिन म मेरो साथीको घर मा गएको थिए । उ अर्को कोठामा आफ्नै काममा व्यस्त थियो। उस्को मोबाइल चलाउदै थिए म ,त्यतिकैमा उसको म्यासेन्जरमा म्यासेज आयो यसो हेरेको त उसलाई पनि उस्को प्रेमिकाले यस्तै प्रेम गर्ने रहिछ, मैलाई जस्तो ।मलाई जस्तै विस्वास गर्ने अनि पहिलो प्रेम पनि। उ पनि भाग्यमानी म जस्तै अनि अरु पनि कति थुप्रै होलान यस्तै भाग्यमानी हरु।।।