गजल

Last Updated on

गजल 
 
कहिले त्यसै लिय, कहिले पानी संग लिए
स्वाद  फेर्न कहिलेकहि जवानी संग लिए 
 
 
जस्तो संग बस्यो त्यस्तै बोल्ने यो जाड पनि
कुनै बेला हर्कत देखाउने बैमानी संग लिए
 
 
सुखको नि साथी यहि दुखको नि साथी यहि 
सम्झिएर  पुराना अतितका कहानी संग लिए 
 
 
कोहि आगमनको त कोहि बहिर्गमनको खुशि
कहिले आउने संग त कहिले जानी संग लिए 
 
 
नबराज पौडेल
 

Leave a Reply

गजल

by Nabaraj Paudel time to read: <1 min
0