Why BIM? बि. आई. एम. किन ?

Last Updated on


त्रिभुवन विश्वविधालय बाट सम्बन्धन प्राप्त बि. आई. एम कोर्स सन् २००० मा KCMIT बाट सुरुवात भएको हो| पछिल्लो समय सुचना र प्रबिधिको त्तीव्र गतिको विकास संगै बि. आई. एम पढ्ने विधार्थीहरुको जमाथ पनि निकै बढ्न थालेको छ | हामि कति विधार्थी यस्ता पनि छौ जसलाई बि. आई. एम को बारेमा थाहनै नभई कन पनि IT को scope छ भन्ने हुटहुटिको भर मा पछी लागेर बि. आई. एम पढ्दै छौ | विधार्थीहरुले कुन विषय पढ्ने भनेर रोज्नु पुर्व आफ्नो इच्छा, चाहना लाई पहिचान गर्नुपर्दछ | आफु कुन बाटो तर्फ जान खोजेको हो, उदेश्य के हो भन्ने कुरा लाई मनन गरेर पढियो  भने पक्का पनि सफल भईन्छ | जब सम्म हामी आफैले पढ़दैनौ, पढाईको महत्व बुझ्दैनौ तब सम्म विषयवस्तु जति सुकै गह्रौ भएर  पनि केहि हुन्न | हुन त अहिलेको यो समयलाई हेर्ने हो भने सूचना तथा प्रबिधि नजोडिएको र नपुगेको ठाउँ कहिँ छैन, जसले गर्दा पनि IT (Information Technology) संग सम्बन्धित विषयको अध्ययन जुन सुकै देशमा पनि हावी हुन थालेको छ |

बि. आई. एम. कोर्स पुर्ण रुपमा IT संग सम्बन्धित नभएर यो Management र Technology को समिश्रण हो | यो Management र Technology को समिश्रण भएको कारणले पानि यसको सार्थकता बढेको छ | आखिर किन पढ्ने त BIM?, मानिस अनुसार यसको जवाफ फरक हुन्छ तर वास्तविक के हो भने BIM ले एउटा त्यस्तो जनशक्ति उत्पादान गर्छ जो संग Management र IT दुवैको ज्ञान हुन्छ | आजको समयमा Business Organization लाई सबै भन्दा ठूलो चुनौती भनेको सूचना र प्रबिधिको अधिकतम प्रयोग गरेर कसरि लाभान्वित हुन सकिन्छ भन्ने हो जसका लागि Management र IT दुवैको ज्ञान भएको जनशक्ति को आवश्यक पर्दछ र यसको पूर्ति BIM ले गर्छ |

आधुनिकीकरण लाई हेर्ने हो भने हरेक क्षेत्र (उधोग,सेवालय,सरकारी कार्यालय,प्राइभेट कार्यालय आदि) मा कार्य सम्द्पदानलाई चुस्त तथा दुरुस्त बनाउन  र समयको सदुपयोग गर्न प्रविधिको प्रयोग गरिएको पाइन्छ| हामीले आज भन्दा एक दशक अगाडी र वर्तमान समयलाई नै तुलना गर्ने हो भने सहजै अनुमान लगाउन सक्छौ कि अब को एक दशकमा सूचना तथा प्रबिधि बिनाको कार्यालय , संघ-संस्था हरुको परिकल्पना नै गर्न सकिन्न | दिनानु दिन उधोग-धन्दा, कल-कारखाना तथा संघ-संस्था हरु तिब्र गति मा स्थापित हुदै गएको छ | यसले के पनि प्रस्ट पादर्छ भने भावि दिनमा सुचना तथा  प्रबिधिको ज्ञान भएको दक्ष जनशक्तिको अधिकतम आवश्यकता पर्दछ जसका लागी BIM ले कोषे ढुंगाको काम गर्दछ | 

 

 

Leave a Reply

Why BIM? बि. आई. एम. किन ?

by Nabaraj Paudel time to read: <1 min
0